सुन्दा आश्चर्य लाग्ने यो भनाइ हो रुसी केन्द्रिय प्रदेशका गभर्नरको । ती गभर्नरले जोडीलाइ कामबाट भाग्न र घरैमा बसेर जतिसक्दो सम्भोग गरी बच्चा जन्माउन आग्रह गरेका छन् । रुसमा केही बर्षयता जनसंख्या बार्षिक सात लाखका दरले घटेको छ । "अबको नौ महिनामा अथार्त् जुन १२ को रुसी स्वतन्त्रता दिवसका दिन जुन महिलाले बच्चा जन्माउने छन्, उनलाई आश्चर्य लाग्दो पुरस्कार दिइनेछ । उनले भने - सम्भवत: त्यसमा नयाँ घर, सरकारी सुविधा र एक असल पुरुष सेवक प्रदान गरिनेछ ।"
त्यसको एक दुइ दिन अगाडि पाउनेलाई टेलिभिजन, फ्रिज, वासिङ् मेसिन लगायतका सामान हुन सक्ने छन् - एलेना याकोम्लेभाले भनिन् । उनि उलियानोभ्सक क्षत्रीय प्रशासनिक प्रेसकी कर्मचारी हुन् ।
उनका अनुसार केटा अथवा केटी जे जन्मे पनि फरक पर्ने छैन ।
भर्खरै विवाहित करिना तथा एन्टोन् बुल्खानोम्सकी सरकारको यस्तो निर्णयले औधि उत्साहित भएका छन् । एन्टोन एक सरकारी बैँकका सामान्य कर्मचारी हुन् भने करिना एउटा अस्पतालमा नर्स छन् । 'मेरी श्रीमती नर्स हुन् र उनका अंगहरु पनि पुर्ण बिकसित छन् । फेरि उन्लाई प्रजनन् सम्बन्धी धेरै कुरा थाहा छ । आज साँझनै हामी गभर्नरको होमवर्क गर्नेछौ र समयमै बुझाउन कोसिस गर्नेछौ । गम्नोस् र नयाँ बेबी र नयाँ घर !" - उनले करिनाको टाउको यसो आफुतिर झुकाए र उनको अनुहारमा चुम्बन लिदै भने । छोटा कपडामा ठाँटिएकी करिनाको बक्षस्थल साँच्चिकै उत्प्रेरक देखिन्थे । क्षत्रीय गभर्नर सरगेइ मोरोजोमले रोजगारदातालाई जन्मदर बढाउने क्रेमलिन अभियानमा सघाउन जोडिलाइ बुधबार बिदा दिन र घरमा गइ सन्तान खेतीमा लाग्न आग्रह गरेक थिए ।
बार्षिक जनसङ्ख्या तिब्र रुपमा घटिरहेको रुसमा एड्स, अल्कोहल र आत्महत्या पनि निकै माथी छ । त्यसैको क्षेतिपुर्ती गर्न रुसी सरकारले प्रजनन् क्षत्रमा आक्रामक कार्यक्रम ल्याइरहेको छ ।
लेनिनको जन्मस्थल भनेर प्रख्यात उलिपानिम्सक क्षेत्रमा यस्तो सन्तानोत्पादकका लागि नो कन्डम सेक्स दिवस मनाइएको यो तेस्रोपटक हो । अबिबाहित महिलाले पनि सही ढँगले बच्चा जन्माए रुस सरकारले पुरस्क्रित गर्नेछ ।
तर, पुरस्कारको ठुलो राशि विवाहितले पाउनेछन् । केही बर्षयता रुसमा हरेक बच्चाको शैक्षिक, स्वास्थ्यलगायतका अन्य खर्च पनि सरकारले ब्यहोर्दै आएको छ । सेक्स होलिडेका दिन बच्चा जन्माएका एक जोडिलाइ सरकारले यो बर्ष एउटा जीव दिएको थियो ।
नतासा निरिलोभ्ना आफ्नो लोग्नेसँग सन्तुष्ट छैनन् । उनी जवान, ह्रिष्टपुष्ट र सबै हिसाबले बच्चा जन्माउन योग्य छन् तर उनका पति इमान सेक्सकर्ममा मनै लगाउदैनन् । तीन बर्ष अगाडिसम्म नतासाको करकापमा परेर उनी दैनिक यौन सम्पर्क राख्थे । उनीहरुको एउटा छोरा पनि जन्मिएको थियो तर त्यसपछि रक्सी बढी सेवन गर्नाले सम्भोगमा उनको रुचि घट्दै गयो । हररात उनी आफ्ना पतिलाइ झक्झक्याइरहन्छिन् । उनी कम्तीमा ४५ जना बच्चा पाउन चाहन्छिन् तर उनका लुतेपतिमा कुनै उत्साह नै छैन । अब उनका लागि पनि सरकारले एउटा बम्पर दिने भएको छ । विभिन्न कारण बस जोडीमध्ये कुनै एकले बच्चा जन्माउन नचाहेमा सरकारले बैकल्पिक ब्यवस्था गरिदिदैछ । इच्छुक पुरुषलाइ महिला र इच्छुक महिलालाइ पुरुष उपलब्ध हुनेछ । रुसभित्रबाट सम्भव नभए सरकारले बाहिरबाट पनि यस्तो कामका लागि आयात गर्न सकिने मनस्थिति तयार गर्दै गएको देखिन्छ । सम्भवत: नतासाका पतिलाई यो कार्यक्रमले निकैनै इष्यालु बनाउन सक्नेछ र उनी आफ्नी पत्नीमाथि लगातार झम्टन थाल्नेछन् । यो बर्ष थुलियानोम्सकको मुख्य अस्पतालमा जुन १२ का दिन ७८ बच्चा जन्मिएका थिए । जब कि पोहोर साल केबल २६ मात्र जन्मेका थिए । डाक्टर एन्द्रेइ मलिखका अनुसार यो योजनाले काम गरिरहेको छ । जनसंख्या यसरी बढ्दै गए तर्सनुनपर्ने उनको तर्क छ ।
श्रोत: एजेन्सी