
इन्डियन आइडल - ३ को नतिजा घोषणा भएपछि स्टेजमा प्रशान्त कि दिदीले प्रशान्तलाइ नेपाली ढाकाको टोपी सिउरिदिइन् । लाखौ करोडौं श्रोतामाझ लाइभ प्रस्तुत गरिएको त्यो कार्यक्रमले नेपाली ढाका टोपीलाइ चिनाउने काम गर्यो । तेस लगत्तै भारतमा नेपाली टोपीको फेसनै चल्न थालेको सुनिएको छ । यसलाइ झन चर्चामा ल्याउने काम गरे प्रख्यात भारतीय क्रिकेटर सौरभ गांगुलीले । दादाको नामले चिनिने यि पुर्व भारतीय कप्तान सिलगुढिमा आयोजित एक कार्यक्रममा मख्ख पर्दै ढाकाको टोपी लगाएका थिए ।
आफ्नै देशमा अस्तित्वको खोजीमा लागेको नेपाली टोपीले यसरी भारतिय सहरमा चर्चा पाउनु हाम्रो लागी साँच्चै नै खुशिको कुरा हो ।
1 comment:
नेपाली ढाका टोपी लगाउनेबारे खासै सोचिएन अहिलेसम्म। हुनत, यो टोपीले मात्रै नेपालीत्व झल्कने होइन अनि टोपी लगाउने नेपाली-नलगाउने अ-नेपाली हुने पनि होइन। मेरो बुवाले सधै जसो टोपी लगाएपनि मलाई भने त्यो टोपी लगाएर हिड्ने मन कहिले पनि आएन। अधिकान्स युवा पिढिले नलाएकोले पनि होला। आफुले मात्रै लगएर हिड्न गार्हो हुनु स्वभाबिकै हो।
ढाका टोपी लाइयो त कि दशैमा कि तिहारमा। दशैमा टोपी लाउदा एुटा के फाइदा हुन्छ भने, जमरा अड्याउन निकै सजिलो हुन्छ। भने पछि बर्षको कम्तीमा दुई पटक लाईेछ। गतबर्ष नेपाल छोडेर हिड्दा चाई दुई वटा ढाका टोपी किनेर ल्या थे। अहिले सम्म लगा'को छैन भनुम भने दशैको पार्टिमा पोर्टलेन्ड जादा एकपटक लगा'थे।तर एक दुइ जना बाहेक अरुले लगाको नदेखेपछि अलि अड लाग्यो।
बिषेश गरि बिदेशी सङगको जमघटमा नेपाली टोपी लगाउदा राम्रै हुन्छ भन्ने मेरो मत छ।
Post a Comment